सेयर बजार पुनः ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर । सेयर बजार पुन ओरालो लागेको छ ।

चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो । 

सोमबार १५.४० अंकले ओरालो लागेको सेयर बजार १९४८.५७ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १५७ कम्पनीको ओरालो लागेको छ भने ३ वटाको सेयर मूल्य स्थिर रहेको छ । 

आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार फेरि ओरालो लागेको हो । तर, कारोबार रकममा भने वृद्धि भएको छ । 

लामो समयपछि आइतबार सेयर बजारमा उछाल आएको थियो । आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्