महोत्तरी, २३ मङ्सिर । महोत्तरी बर्दिबास नगर क्षेत्रका ६ हजार बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आर्थिक संकटमा फस्दै गएको छ।
धेरै पानी खपत गर्ने उपभोक्ताले बक्यौता महसुल नबुझाउँदा संस्था आर्थिक संकटमा फस्दै गएको हो। संस्थाको बक्यौता चालु आर्थिक वर्ष कात्तिक मसान्तसम्म २ करोड १४ लाख रुपैयाँ नाघेको छ।
संस्थाको अभिलेखअनुसार ५० हजारभन्दा बढी बक्यौता राख्ने उपभोक्ता झन्डै १ सयहाराहारीमा पुगेका कोषाध्यक्ष भोजप्रसाद फुँयाल बताउँछन्।











