एनएसएल: वीरगन्ज युनाइटेड र झापाबीचको खेल गोलरहित बराबरीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ मङ्सिर । जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत वीरगन्ज युनाइटेड एफसी र झापा एफसीबीचको खेल बराबरीमा रोकिएको छ ।

दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा वीरगन्ज युनाइटेड र झापा गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।

यो बराबरीपछि झापा एफसी र वीरगन्ज युनाइटेड अझै जित विहिन भएका छन् । झापाको ४ खेलमा ३ अंक भएको छ भने वीरगन्ज युनाइटेडको ४ खेलमा २ अंक भएको छ ।

अब एनएसएल अन्तर्गत शनिबार दुई खेल हुने छन् । शनिबार पहिलो खेल काठमाडौँ रेजर्स र बुटवल लुम्बिनी एफसीबीच हुने छ भने दोस्रो खेल धनगढी एफसी र स्पोर्टिंग इलामबीच हुने छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्