एनएसएलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीकाे राेमाञ्चक बराबरी

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, २१ मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी खेलेका छन् ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवलले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडे । दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे । खेलकाे ४८ औँ मिनेटमा उत्सव राईले गाेल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलकाे ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनाेङले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए ।

एनएसएलमा भाेलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल बेलुकी ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्