आज सुनको मूल्य ८ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २० मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार दोस्रो दिन पनि घटेको छ।

मंगलबार प्रतितोला २४ सय रुपैयाँले घटेको सुन बुधबार फेरि ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअघि सोमबार अर्थात् मंसिर १८ गते नेपाली इतिहासमै उच्च मूल्यमा पुगेर सुनको कारोबार एक लाख २१ हजार ६ सय रुपैयाँमा भएको थियो। त्यसयता सुनको मूल्य ओरालो लाग्ने क्रममा छ। 

मूल्य घटेपछि बुधबार छापावाल सुनको कारोबार तोलाको एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन एक लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। 

हिजो छापावाल सुन एक लाख १९ हजार २ सय र तेजावी सुन एक लाख एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।  सुनको मूल्यसँगै नेपाली बजारमा बुधबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको तोलामा २० रुपैयाँले घटेर बुधबार चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको महासंघको भनाइ छ। हिजो चाँदीको कारोबार प्रतितोला १५ सय रुपैयाँ थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्