काठमाडौं, २० मंसिर । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ ।
प्रहरीले न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा छापा मारेकाे छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर एक जनालाई पक्राउ समेत गरेकाे छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।











