एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी छैन -अर्थमन्त्री महत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताउनुभएको छ ।

मंगलबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्री महतले एनसेलको सेयर बिक्रीका विषयमासूचना लिइरहेको र आधिकारिक रुपमा कुनै जानकारी नभएको बताउनुभएको हो । एनसेलको सेयर बिक्रीले पार्ने असरका बारेमा टेलिकमका पदाधिकारीसंग बुझ्ने काम भइरहेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको र पूर्ण रुपमा सुधार आउन केहि समय लाग्ने धारणा राखनुभयो । सहजरूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्रीरूपमा गएको जनाउँदै उहाँले त्यसको प्रतिफल आउन ढिला भएको बताउनुभयो ।

त्यस्र्तै अर्थमन्त्री डा महतले अहिले सरकारले चुरे क्षेत्रको गिट्टी, बालुवा उत्खननका लागि कुनै प्रक्रिया अघि नबढाएको स्पष्ट पार्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्