सेयर बजार दोहोरो अंकले ओरालो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ मंसिर । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १०.१० अंकले ओरालो लागेको सेयर बजार १८३७.७१ विन्दुमा आएर बन्द भएको छ । 

यसदिन २९२ कम्पनीका ३८ हजार ५८४ पटक भएको कारोबारमा ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ६२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १६१ कम्पनीको ओरालो लागेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । 
 Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्