प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गराउनुभएको छ ।
उहाँको वारिसनामामार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको हो ।
प्रधानमन्त्री पत्नी एवम् कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आज आइतवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको छ ।












