एनएसएलमा झापाले अन्तिम समयमा गोल फर्काएर पोखरासँगको हार टर्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १६ । नेपाल सुपर लिग ९एनएसएल० मा झापा एफसी र पोखरा थन्डर्ससँगले एक–एक गोलको बराबरी खेलेका छन् । झापाले अन्तिम समयमा गोल फर्काएर पोखरासँगको हार टारेको हो ।

खेलमा पोखराले १९ औं मिनेटमा मोसेस ग्याबहको गोलमा अग्रता लिएको थियो । तर खेलको ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम समयमा झापाका समादर ओचिलोभले गोल गरेर खेल बराबरीमा ल्याए । आजको खेल बराबरीपछि झापाले एनएसएलमा एक अङ्क जोडेको छ । पोखराले ३ खेलबाट ५ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पोखराले पहिलो खेलमा चितवनलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर सिटि एफसीसँग गोलरहित बराबरी खेलको थियो । झापा पहिलो खेलमा स्पोर्टिङ इलामसँग १–० गोलले पराजित भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्