भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अर्थतन्त्र समस्यामा भए पनि भयावह स्थितिमा भने नपुगेको बताएका छन्।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताएका हुन्।
उनले अहिले भुइँमान्छे र सर्वसाधारण नागरिक पनि महँगी लगायतका समस्याले सबैभन्दा बढी मर्कामा परेको बताए। अर्थतन्त्र समस्यामा भएपनि भयावह स्थितिमा भने नपुगेको मन्त्री ज्वालाले स्पष्ट पारे।











