१६ मंसिर, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा झापा एफसी र पोखरा थन्डर्स खेल्नेछन् । यो खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा शीर्ष स्थानको धनगढी र दोस्रो स्थानमा रहेको ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा नै हुनेछ ।











