एनएसएल फुटबल : चितवनले वीरगञ्जलाई हरायो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १५ मङ्सिर ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा चितवनले वीरगञ्जलाई २–१ गोलले हरायो । खेलको २८औँ मिनेटमा विमल घर्तीमगरले गोल गरेर चितवनलाई अग्रता दिलाएका थिए ।

वीरगञ्जका लागि विदेशी खेलाडी बाफोउरले ५५ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । तर ६७औँ मिनेटमा टोरिक जेब्रिनले गोल गरेर जित दिलाए ।

चितवनको तीन खेलमा चार अङ्क भएको छ । दुवै खेल हारेको वीरगञ्ज अङ्कविहीन हुँदै पुछारमा छ । एनएसएल प्रतियोगितामा ९ टोली सहभागी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्