काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिग ९एनएसएल० मा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन खेल्दैछन् ।
यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ ।
चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् । चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग एकरएक गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो ।
वीरगञ्ज पहिलो खेलमा धनगढीसँग दुई–एक गोलले पराजित भएको थियो ।
दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा नौ वटा टोली सहभागी छन् ।











