एनटीए लिग तेक्वान्दो प्रतियोगीता बिहीबारबाट ललितपुरमा सुरु हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, मंसिर १३ । नेपाल तेक्वान्दो संघको आयोजनामा दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता बिहीबारबाट ललितपुरमा सुरु हुने भएको छ ।

संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते बिहीबारबाट १६ गतेसम्म दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगीता गरिएको जानकारी गराएको हो ।

प्रतियोगीतामा पुम्से र ग्यरोगी तर्फगरि ७२ स्वर्ण पदका लागि जम्मा ६५० खेलाडीहरुले सहभागीता जनाउने संघका उपाध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट खेलाडीहरुको राष्ट्रिय वरिताक्रम मापन गरि सोही बमोजिम स्तर र वर्गीकरण गरिने उहाले बताउनुभयो । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीहरुको सहभागीता रहने चन्दले जानकारी दिनुभयो ।

खेलहरु ललितपुरको सातदोवाटोस्थीत तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्