अमेरिकी डलर निरन्तर उकालो लाग्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ९ मङ्सिर । अमेरिकी डलरको मूल्य ग्राफ लगातार उकालो लागिरहेको छ। डलर महँगिएर नयाँ रेकर्ड कायम भएको छ। शनिबार नेपाली रुपैयाँ अमेरिकी डलरसँग झनै कमजोर हुन पुगेको छ। अब १ डलर किन्न १३३.७० रुपैयाँ खर्चिनुपर्ने भएको छ। डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो।

नेपाल राष्ट्र बैंकले शनिबार १ डलरबराबर १३३.७० रुपैयाँ बिक्रीदर तोकेको छ। गत असोज २ मा डलरको भाउ बढेर १३३.५४ र कात्तिक १६ मा १ डलरबराबर १३३.५७ र शुक्रबार १३३.६८ रुपैयाँ कायम भएको थियो।

भारतीय मुद्रा (भारु) लगातार कमजोर भएपछि यसको असर नेपाली मुद्रामा परेको हो। मंगलबार १ डलरबराबर ८३.३१ भारु पुगेको भारतीय रिजर्भ बैंक (आरबिआई) ले जनाएको छ। डलरसँग भारु हालसम्मकै कमजोर बन्दा नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्