एनएसएल दोस्रो सिजन : काठमाडौं रेजर्स एफसीको विजयी सुरुवात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं , ८ मंसिर। साविक विजेता काठमाडौं रेजर्स एफसीले नेपाल सुपर लिग एनएसएलको दोस्रो सिजनमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंले नयाँ टिम स्पोर्टिङ इलाम एफसीलाई १-० ले हरायो । काठमाडौंका लागि सुपर सब राजीव लोप्चनले विजयी गोल गरे ।

दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजीवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । त्यही गोलको अग्रता जोगाउँदै काठमाडौंले जित सहित उपाधि रक्षा अभियान सुरु गरेको छ ।

लिगमा शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनी बीच हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्