केपी ओली कप टी–२० क्रिकेटमा गण्डकी प्रदेशकाे विजयी शुरुवात

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ८ मंसिर ।  केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले विजयी शुरुवात गरेकाे छ ।

आज शुक्रवार भएकाे खेलमा गण्डकीले सशस्त्र प्रहरीकाे एपीएफ क्लबलाई ४ विकेटले हरायाे ।

एपीएफले दिएकाे १ सय २ रनकाे लक्ष्य गण्डकीले २ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायाे । गण्डकीका मुस्कान थापाले २५ र दिनेश बुढामगरले २४ रन बनाए । बलिङतर्फ एपीएफका अविनाश बाेहराले २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे एपीएफ १८ ओभर ४ बलमा १ सय १ रन बनाउँदा अल आउट भयाे । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक २० रन बनाए । बलिङतर्फ गण्डकीका विपिन खत्री, अमृत गुरुङ, चन्द्र पाैडेल र कमल परियारले समान २ विकेट लिए ।

प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्