सुनचाँदीको भाउ स्थिर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ७ मंशिर । स्थानीय बजारमा बिहीबार सुनचाँदीको भाउ स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तीन दिनसम्म बढेको सुन बिहीबार भने स्थिर भएको हो।

मूल्य स्थिर रहेसँगै आज छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

त्यस्तै चाँदी पनि स्थिर रहेर आज तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्