अर्जेन्टिना र ब्राजिलका समर्थकबीच झडप : आधा घण्टा खेल रोकियो

खबर बुक
  • ख-
  • ख
  • ख+

मंसिर ६, काठमाण्डौ ।  विश्वकप छनोट सन् २०२६ अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच आजको खेल शुरु हुनुअघि दुई देशका समर्थकबीच झडप भएको छ ।

समर्थकबीच मैदानमा नै झडप भएपछि बिहान रियो दि जेनेरियोको माराकाना रङ्गशालामा केहीबेर खेल रोकिएको थियो ।

नेपाली समय अनुसार बिहान सवा ६ बजे शुरु हुनुपर्ने खेल तनावका कारण आधा घण्टा रोकिएको थियो । दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै समर्थकबीच कुटाकुट हुँदा रङ्गशाला केही बेर तनावग्रस्त बनेको थियो ।

अवस्था शान्त भएपछि अहिले खेलको दोस्रो हाफ चलिरहेको छ । ६३ औँ मिनेटमा अर्जेन्टिना एक गोलले अगाडि छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्