ब्राजिल माथि कोलम्बियाको २-१ को जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १ मङ्सिर । विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ ।शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए । उनले खेलको ७५औं र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै शुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले हार बेहोरेको थियो ।दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको यो दोस्रो हार हो । अहिलेसम्म ५ खेलमा केवल ७ अंक बटुलेको ब्राजिल पाँचौं स्थानमा झरेको छ ।

त्यसैगरी कोलम्बियाको भने यो दोस्रो जित हो । ५ खेलमा ९ अंक बटुलेको कोलम्बिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्