काठमाडौं, १ मंशिर । सार्वजनिक-निजी साझेदारीमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना फेरि ६ महिनापछि धकेलिएको छ।
१ सय ११ मेगावाट क्षमताको आयोजनाबाट आउँदो चैतभित्र बिजुली उत्पादन गर्ने लक्ष्य तय भएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ।यसअघि असोजभित्र बिजुली उत्पादन लक्ष्य तय थियो।
आयोजनाको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत पुगेको कम्पनीले जनाएको छ। समय थपिएसँगै आयोजनाको लागत बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको रसुवागढीको भनाइ छ। यो लागत निर्माण अवधिको ब्याजबाहेक हो। निर्माण अवधिको ब्याजसमेत थप्दा आयोजनाको लागत अझ बढ्ने छ।
काठमाडौं। सार्वजनिक-निजी साझेदारीमा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजना फेरि ६ महिनापछि धकेलिएको छ।१ सय ११ मेगावाट क्षमताको आयोजनाबाट आउँदो चैतभित्र बिजुली उत्पादन गर्ने लक्ष्य तय भएको रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ।
यसअघि असोजभित्र बिजुली उत्पादन लक्ष्य तय थियो। आयोजनाको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत पुगेको कम्पनीले जनाएको छ। समय थपिएसँगै आयोजनाको लागत बढेर १८ अर्ब ४७ करोड रुपैयाँ पुगेको रसुवागढीको भनाइ छ। यो लागत निर्माण अवधिको ब्याजबाहेक हो। निर्माण अवधिको ब्याजसमेत थप्दा आयोजनाको लागत अझ बढ्ने छ।











