नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटाेमा हिँड्याे : गगन थापा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटाेमा हिँडेकाे टिप्पणी गर्नुभएकाे छ ।

आज साेमवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो । यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने/नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो ।’

महामन्त्री थापाले सरकारको नियत अभिव्यक्ति तथा वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएकाे भन्दै याे कदम सच्चाउनुपर्ने बताउनुभएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्