भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्छः नेता खनाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाई भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खनालले भूकम्पीडितलाई समयमा नै राहत उपलव्ध हुन नसकेको गुनासो आएको भन्दै राहत र पुनस्थापनाका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको हो । उहाले भविष्यमा हुने विपद्बाट हुन सक्ने क्षतिको न्यूनिकरण गर्न सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै खनालले राजतन्त्रको मुद्धा थोत्रो भइसकेको भन्दै यसको कुनै अर्थ नहुने जिकिर गर्नुभयो । जनताले फ्याकेका एजेण्डाहरु ताजा बन्न नसक्ने भन्दै उहाले तीनै एजेण्डाका आधारमा आन्दोलन गर्न खोज्नुले भने गम्भीर प्रश्न उठाएको बताउनुभयो ।

उहाले अहिले देशलाई हाक्नले शक्तिहरुले मुलुकको ज्वलन्त समस्याहरु समाधानका लागि गम्भीर हुनुपर्ने बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्