जनताकाे जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा कांग्रेसका नेता सिंहकाे जाेड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ कार्तिक ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताकाे संघर्षबाट स्थापित संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन् । लाैहपुरूष गणेशमान सिंहकाे १०९ओै जन्मजयन्तिमा आयाेजित कार्यक्रमका क्रममा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।
उनले अहिले जनताले डेलिभर खाेजिरहेकाे भन्दै जनताकाे जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जाेड दिए ।  जनतालाई डेलिभरि गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,´ उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।
त्यस्तै सञ्चारकर्मीकाे जिज्ञासामा उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएकाे पनि बताए । संविधानकाे रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसारनै गठबन्धन अघि बढ्ने सिंहकाे भनाई थियाे ।
साथै भुकम्प प्रभावित नागरिक काे सहयाेग कालागि सरकार र सबै एकजुट भयर दुख मा साथ दिनु पर्नेबताउनु भयकाेछ जन्ताकाे सुखदुःख मा साथ दिन सक्नुनै आजकाे दिन मा सर्बोच्च नेता प्रतिकाे सच्चा श्रद्धाञ्जली हुने समेत बताउनु भयकाेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्