भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणको काममा गम्भीर हुन रास्वपाद्धारा सरकारको ध्यानाकर्षण

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २३ । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा राहत बितरणको काममा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार काठमाडौंमा बसेको रास्वपा संसदीय र केन्द्रीय समितिको संयुक्त बैठकले राहत वितरणको काम प्रभावकारी नहुदा भूकम्प प्रभावित क्षेत्रका जनता समस्यामा परेको भन्दै तीनै तहको सरकारबीच आपासी समन्वय बढाउदै प्रभावकारी रुपमा राहत वितरणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

भूकम्पपछिको उद्धार काममा सरकारको सक्रियता देखिएपनि त्यसपछिको राहतको काममा भने सरकार कमजोर देखिएको रास्वपाको ठहर छ । बैठकपछि रास्वपा प्रवक्ता डा. मुकुल ढकालले न्यायोचित रुपमा राहत वितरण गरेर जनतालाई जाडोबाट जोगाउनको लागि सरकारले व्यवस्थापन गर्नुपर्ने र प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन पनि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस्तै बैठकले आगामी केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा गर्ने निर्णय गरेको छ । आगामी मंसिर ११, १२ र १३ गते जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने ढकालले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले मंसिर २ देखि ४ सम्म चुनावपछिको घरदैलो कार्यक्रम गर्ने निर्णय समेत गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्