मूलपानी, भरतपुर र मोरङको क्रिकेट रङ्गशाला अव राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडी बढ्ने भएको छ।
बढ्दो क्रिकेट खेलको विकास भएसँगै सरकारले विषेश प्राथमिकतामा राखेर तीन रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडी बढाउने मन्त्रिपरिषदको बैंठकले निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
पछिल्लो समय क्रिकेट रङ्गशाला व्यवस्थीत नभएको जनगुनासो बढिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। बैंठकले इन्धनको पूर्वाधार शुल्कबाट रु पाँचका दरले प्राप्त हुने रकम बूढीगण्डकी जलाशय आयोजनालाई दिने र कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
योसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प प्रभावित क्षेत्रका जनताको राहत तथा उद्धारका लागि दिने निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिइन्।











