साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ।
कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो।
प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ। कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म ४ सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन्।











