अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेर ब्यारेलको ७५ डलर

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ कात्तिक । निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेर ७५ डलरमा झरेको छ।

डब्ल्युटीआई क्रुडमा कच्चा तेलको मूल्य ब्यारेलको ७५.७२ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा कच्चा तेल ब्यारेलको ७९.९५ र मुब्रान क्रुडमा ८०.८३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। अहिले विश्व बजारमा कच्चा तेलको भाउ ७५ देखि ८० डलरको बीचमा छ।

एक महिना अघिसम्म कच्चा तेलको भाउ बढेर ब्यारेलको झण्डै १ सय डलर आसपास पुगेको थियो। पछिल्लो समय कच्चा तेलको भाउ लगातार ओरालो लाग्न थालेको हो। साउदी अरेबिया, रसिया र ओपेक प्लसले उत्पादन कटौती गर्दा विश्व बजारमा तेलको मूल्य बढिरहेको थियो। गत जुनदेखि कच्चा तेलको भाउ ब्यारेलमा ३० प्रतिशतसम्म बढेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्