सिपिसिका तिब्बत सचिव चुनचङले आज प्रधानमन्त्रीसँग भेटबार्ता गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ कार्तिक । चिनियाँ कम्युनस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ चुनचङले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्दैछन् ।

आफ्नो ५ दिने लामो नेपाल भ्रमणमा हिजो अर्थात बुधबार मात्रै काठमाडौं आइपुगेका चुनचङले आज प्रधानमन्त्री प्रचण्डसँग भेटबार्ता गर्न लागेका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल आएका हुन् । काठमाडौं आए लगत्तै सचिव वाङले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेटेर आफनो भेटघाट थालनी गरिसकेका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्