फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो ।

मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।

यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । पुनः मिति सार्दै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो ।

जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको हो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्