एमालेले बोलायो सचिवालय बैठक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ कात्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

एमालेले बुधबार दिउँसो पौने १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

बैठकमा जाजरकोट भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापनासहित समसामयिक, राजनीतिक तथा पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुनेछ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्