हप्ताको पहिलो दिन शेयर बजार राताम्मे, ९७ करोड रुपैयाँको कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १९ कात्तिक । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालय लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ ।

आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर चार करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्