काठमाडौं, १८ कार्तिक ।कांग्रेसले उद्धार, राहत र पुनस्स्थापनाका लागि सरकारी कोषलाई ५० लाख सहयोग गर्ने भएकाे छ ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार पार्टीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।
कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न पनि अपिल गरेको छ ।











