कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गते बाेलाइयाे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ कात्तिक ।  कोशी प्रदेशसभाको बैठक आगामी कार्तिक २० गतेका लागि बोलाइएको छ ।

गत कार्तिक १ गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक २० गते सोमबार बस्ने भएको हो । प्रदेश सभा सचिवालयले सुचना टाँस गर्दै बैठकबारे जानकारी गराएको हो । प्रदेशसभाको बैठकको कार्यसूचीको भने विषय उल्लेख गरिएको छैन । कोशीमा स्थिर सरकार नभएका कारण प्रदेशसभामा पनि त्यसको असर परेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्