बहराइनलाई हराउँदै ओमान टी–२० विश्वकपमा छनाेट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ कात्तिक ।   बहराइनलाई हराउँदै ओमान आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ ।

आज शुक्रवार कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हरायाे ।

बहराइनले दिएकाे १ सय ७ रनकाे सामान्य लक्ष्य ओमानले १४ ओभर १ बलमा १ विकेट पनि नगुमाई भेटायाे । ओमानका कश्यप प्रजापतिले ५७ र प्रतीक अथभालेले ४८ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायाे । बहराइनका इमरान अलीले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ ओमानका अकिब इलियासले ४ विकेट लिए ।

अर्काे सेमिफाइनल खेलमा नेपाल र यूएई खेल्दैछन् । याे खेल जित्ने टाेली पनि टी–२० विश्वकपमा छनाेट हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्