विश्वकप छनौट खेलका कारण नेपालमा ३ लाख डलर भित्रियो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ कार्तिक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को आयोजनामा पाँच दिनदेखि आइसिसी टि–ट्वान्टी विश्वकपअन्तर्गत एसिया क्षेत्रबाट छनौटका लागि फाइनल खेल भइरहेको छ। जारी क्रिकेट खेलमा नेपालसहित ८ देशको सहभागिता छ।

कात्तिक १३ बाट सुरु भएको खेल १९ सम्म चल्ने छ। खेलमा सहभागी हुन नेपालसहित ८ देशका खेलाडी मैदानमा छन्। खेल खेल्नकै लागि ७ देशका खेलाडी नेपालमा आएका छन्। एउटा टिममा १५ खेलाडी छन्। खेलाडीसहित प्रशिक्षक र अन्य सहयोगी गरेर २० देखि २३ जनाको टिम नेपाल आएको छ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदमबहादुर खड्काले जारी खेलका खेलाडीको सम्पूर्ण खर्च आइसिसीले नै बेहोरेको बताए। विदेशबाट आउने र नेपालमा रहेका खेलाडीको बसाइको सम्पूर्ण खर्च आइसिसीले नै बेहोर्ने उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्