पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन सकिदैनः केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा नराखेसम्म शान्ति प्रक्रिया टुङ्ग्याउन नसकिने स्पष्ट पार्नुभएको छ ।

बिहीबार संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न नसकिने भन्दै पीडितलाई केन्द्रमा राखेर मात्रै शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने बताउनुभएको हो ।

हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउन थालिएको र हिंसाको जयगान हुन थालेको भन्दै उहाले आपत्ती जनाउनुभयो । उहाले अन्तर्राष्ट्रिय मानव अधिकार परिषद्ले दिएको सुझाव, सर्वोच्चको आदेशअनुसार शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै ओलीले वर्तमान सरकारले संसदीय प्रक्रिया र लोकतान्त्रीक अभ्यासलाई ध्वस्त पारेको आरोप लगाउनुभयो ।

बहुमतका आधारमा संसदलाई पङ्गु बनाउने काम भएको र मिटर व्याजी कानून बाहेक अरु केहि काम हुन नसकेको उहाको भनाइ छ । उहाले वर्तमान सरकार संविधान बिपरित चल्ने स्वेच्छारी भएको र राजनीतिक तथा संवैधानिक हिसावले भ्रष्ट भएको जिकिर गर्नुभयो ।

ओलीले एमाले बाहेक अरु कसैको नेतृत्वमा देशको बिकास सम्भव नरहेको भन्दै मिसन ८४ मा ध्यान केन्द्रीत गर्न सांसदहरुलाई निर्देशन दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्