फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदबाट पारित गरेर देखाउन सरकारलाई एमालेकाे चुनाैती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका सांसद विष्णु पाैडेलले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसदमा ल्याएर पारित गर्न चुनाैती दिनुभएकाे छ ।

आज बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले सरकारलाई यस्ताे चुनाैती दिनुभएकाे हाे । उहाँले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रूपमा बिदा दिए लोकतन्त्रको सबलीकरण नहुने बताउनुभयो ।

सांसद पाैडेलले सरकारले प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुङ्ग्याउन नचाहेको आराेप लगाउनुभयाे । उहाँले सरकारको काम, कारबाहीका कारण संसद्को भूमिका प्रभावकारी हुन नसकेको पनि बताउनुभयाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्