प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल जादैँछन् ।आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड आज बुटबल जान लागेका हुन् ।

आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि–पक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शैया बनाइएको थियो । तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शैयाको बनाउने भए पछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलन्यास गर्नेछन ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्