जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं , १३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा छलफल हुनेछ ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्