सरकार प्रमुखबाट जातिय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको शेखरको टिप्पणी

खबर बुक
  • ख-
  • ख+

काठमाडों, कार्तिक १० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार प्रमुखबाट जातिय द्वन्द्व निम्त्याउने प्रयास हुनु गलत भएको टिप्पणी गर्नुभएको छ ।

बडा दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा विराटनगरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जातिय द्वन्द्वमा मुलुक फस्यो भने मुलुकको अस्तित्व नै समाप्त हुने बताउनु भयो । उहाँले मुलुकमा जातिय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भईरहेकोले राजनैतिक दलका नेताहरु संवेदनशिल र सचेत हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले जातिय राज्य कुनै पनि हालतमा सम्भव नभएको स्पष्ट पार्दै मुलुकका प्रधानमन्त्रीबाट जातिय राज्य दिने आश्वासन आउनु गलत भएको टिप्पणी गर्नुभयो ।

नेता कोइरालाले कोशी प्रदेशको संसदीय अंकगणित फरक भएकाले फरक समिकरण बनाइएको बताउनु भयो । उहाँले कोशी प्रदेशको स्थिति अन्य प्रदेशमा नआउने बताउदै कोजाग्रत पूर्णिमा पछि कोशी प्रदेशमा नयाँ समिकरण अनुसार राजनैतिक गतिविधि बढ्ने जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्