त्रिदेशीय टी–२० शृङ्खलाः यूएईविरुद्धकाे खेलमा कुशल भुर्तेलको अर्धशतक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं,  १० कात्तिक । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा यूएईसँगकाे खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालका लागि भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । उनले ३ छक्का र ६ चाैका प्रहार गरे ।

ताजा अवस्थामा नेपालले ७ ओभर ३ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएकाे छ । यसअघि नेपालका आसिफ शेख ७ र कुशल मल्ल १ रन बनाएर आउट भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्