काठमाडौं, कार्तिक ८ । त्रिकोणात्मक टी-२० शृङ्खलामा हङकङसँग यूएई ६९ रनले पराजित भएको छ । तर, रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।











