सल्यानका किसानले ४ महिनामा २४ करोड रुपैयाँभन्दा बढीको तरकारी बेचे

खबर बुक
  • ख-
  • ख
  • ख+

सल्यान, ८ कार्तिक । सल्यानका किसानले चार महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन् ।

असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४ सय ७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोट सल्यानले जनाएको छ।

४ महिनामा ४० लाख ६९ हजार ४ सय ४३ किलो ताजा तरकारी, ८५ हजार ६३९ किलो अदुवा र ७४ हजार ९६ किलो फलफूल निकासी भएको कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।

सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी  दाङ, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी र काठमाण्डाैसम्म जाने गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्