भक्तपुरको व्रम्हायणीमा स्थानीयवासीको घुईचो

खबर बुक
  • ख-
  • ख+

विजया दशमीका दिन बुधबार भक्तपुरको व्रम्हायणीमा दिनभर मेला लागेको छ ।

बुधबार बिहानैदेखि मेलामा हजारौँ स्थानीयवासीको घुईचो लागेको थियो । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ । टोलटोलबाट पनि सयौं बाजागाजाका टोली सहभागी थिए । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक जिल्लाबाट पनि जात्रालुहरु आएका थिए ।

जात्रामा व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर जाने र पूजा गर्ने प्रचलन छ । नवदुर्गाका मूर्तिहरु हस्तान्तरण गरी त्यहाँबाट नगरको बाटो हुँंदै भक्तपुर दरवार स्क्वायरस्थित तलेजुमा लगिने परम्परा छ ।

भक्तपुरको दशैंमा हुने जात्रामध्ये यो अन्तिम जात्रा मेला हो । यसअघि दसैंको नौ दिन यहाँं नौ वटा शक्तिपीठहरुमा मेला लागेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्