गैरआवसीय नेपालीलाई आजबाट नागरिकता वितरण शुरु हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असोज ।  सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने भएको छ ।

आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर आवासीय नागरिकता वितरणको शुरुवात गर्नुहुने छ । गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नागरिकता वितरणको बाटो खुलेको हो ।

नागरिकता लिएपछि एनआरएनहरुले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्ने उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्