खुल्ला आकासमा देखिने रङ्गीविरङ्गी चंगा पछिल्लो हराउदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ असोज । केही बर्षअघिसम्म काठमाडौैं खुल्ला आकासमा देखिने रङ्गीविरङ्गी चंगा पछिल्लो समय हराउदै गएको छ ।

दसैंलाई मुख्य रुपमा पिङ खेल्ने, मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ ।

केहि वर्षसम्म उपत्यकाका आकाशमा एक महिना अगावै रंगीबिरंगी चंगा उडेको दृश्य देखिन्थ्यो । तर, यसपटकको दसैंमा निकै कम संख्यामा चंगा उडेको देखिएको छ ।

पिङ खेल्नु र चंगा उडाउनुको महत्व फरक भएपनि यसको महत्व हिन्दूको महान चाड दसैंसँग पनि जोडिएको छ ।

पछिल्लो समय चंगा लोप भइसकेका छन् भने पिङ्ग पनि उपत्यकाको फाट्टफुट ठाउँमा देखिन्छ भने केहि संघसंस्थाहरुले सामूहिक चंगा उडाउने कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्