चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने पर्यटनमन्त्री किरातीकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताउनुभएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री किरातीले भाडाबृद्धि भएको भन्ने बिषयमा शुक्रबार सेवाप्रदायकसंस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडाबृद्धि गर्न नपाउने बताउनुभएको हो ।

नियमकानून भन्दा बाहिर गएर कसैले भाडा बढाउन नपाउने उहाले बताउनुभयो । त्यस्तै मन्त्री किरातीले दशैभन्दा अगाडी नै थप जहाज ल्याउने कोशीस गरेपनि ल्याउन नसकिएकाले अहिलेलाई भएका जहाजबाट नै कामचलाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्