काठमाडौं, १८ असोज । बडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौँ हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट दर्शनार्थी तलेजु पुगेका छन् ।
मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा भित्¥याएको किम्वदन्ती छ ।
सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उहाँ देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।
सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको र राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ ।
वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, वनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ ।